गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखरा - उद्देश्य
* दुरदृष्टी: (Vision)
नेपाल
प्रहरी संगठनकै उदाहरणीय नमूना, पूर्ण तथा प्रतिष्ठित तालिम प्रदायक केन्द्रको रुपमा
विकास गर्ने ।
ध्येय
(Mission)
नागरिकको
सुरक्षाका क्षेत्रमा आईपर्न सक्ने विभिन्न चुनौतिहरुको सामना गर्न, समाजमा शान्ति,
सुरक्षा र अमन चयन कायम राखी अपराध नियन्त्रण र अनुसन्धान गर्न विभिन्न प्रकृतिका तालिमहरु
प्रदान गर्नु ।
लक्ष्य (Goal)
दक्ष एवं व्यवसायिक प्रहरी जनशक्ति उत्पादन गर्न आधारभूत
तालिमको माध्यमद्वारा ज्ञान र सिपको विकास गर्ने, कार्यक्षमता अभिवृद्धि गर्न उन्नत एवं अनुशिक्षण
तालिम प्रदान गरी जनअपेक्षा अनुसार सेवा प्रवाह गर्न सक्ने अनुशासित, कर्तव्यपरायण र जिम्मेवारी वहन गर्न सक्ने सक्षम एवं कुशल प्रहरी जनशक्तिको
उत्पादन गर्ने ।
उद्देश्य (Objectives)
गण्डकी
प्रदेश प्रहरी तालिम केन्द्रको प्राथमिक उद्देश्य नेपाल प्रहरीलाई आईपर्ने चुनौती तथा
जस्तोसुकै परिस्थितीमा समेत नागरीकको जीउ, ज्यान, सम्पत्ति र सुरक्षाका अन्य विषयवस्तुहरुका
आवश्यकताको लागि प्रहरी कर्मचारीहरू तयार पार्नु हो; जसले साहस, इमान्दारीता, त्याग र जनताको सेवाको दृढ भावनाका साथ
शान्ति र सुरक्षा कायम गर्न सक्षम हुन्छ । विशेष गरी यस केन्द्रले द्रुत रूपमा परिवर्तन
भइरहेको सामाजिक र आर्थिक परिवेशमा जनताको आकांक्षाप्रति संवेदनशील भई मानव अधिकारको
सम्मान गर्दै व्यवहारिक लचकता, कानूनी कठोरता सहित व्यावसायिकताको उच्चतम् मापदण्डहरूलाई
सुढृण बनाउने प्रयास गर्नेछ ।
Ø ‘नेपाल
प्रहरीको तालिम संचालन कार्यादेश २०७९’ अनुसार Training Need Assessment र प्रादेशिक स्तरमा रहेका प्रहरी ईकाइहरुमा
आवश्यक दक्ष जनशक्ति उत्पादनको लक्ष्य सहित तालिम क्यालेण्डर निर्माण, विकास र कार्यान्वयन,
Ø निष्पक्ष, पारदर्शी
र व्यावसायिक भर्ना र छनौट प्रक्रिया सञ्चालन,
Ø ‘नेपाल प्रहरीको
तालिम संचालन कार्यादेश २०७९’को अक्षरस पालना,
Ø नव प्रवेशी प्रहरीहरुमा व्यवसायिक
ज्ञान, सीप र क्षमता अभिवृद्धि गराई समयानुकुल दक्ष जनशक्तिको उत्पादन,
Ø प्रशिक्षक तथा
प्रशिक्षार्थीहरूको व्यक्तित्व, आत्मनिर्भरता र व्यावसायिकताको विकासको लागि
अतिरिक्त क्रियाकलापहरू सञ्चालन,
Ø यस
तालिम केन्द्रलाई नेपाल प्रहरीमा सञ्चालन हुने तथा आवश्यकताको सिद्दान्त बमोजिम तालिम
सम्बन्धि खोज, अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा विकास,
Ø यस तालिम केन्द्रमा सञ्चालन गरिएका
तालिमहरुको प्रभावकारितामा अध्ययन र विश्लेषण (Training Impact Analysis) ।
Sanjay Singh Thapa
Senior Superintendent of Police