प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गण्डकी प्रदेशको ट्राफिक सप्ताहमा लघू सचेतनामुलक कार्यक्रम

२०८०-०१-२५

  • A
  • A-
  • A+
Share

वैशाख-२८, पोखरा ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले देशव्यापि रुपमा ट्राफिक सचेतना सप्ताह कार्यक्रम सञ्चालन गरीरहेको छ । विविध कार्यक्रमहरु सहित सञ्चालन गरीएको सप्ताहिक जनचेतनामुलक कार्यक्रममको गण्डकी प्रदेशमा भने आज तेस्रो दिन हो । आजको कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका ट्राफिक प्रहरीहरुले ट्राफिक नियम सम्बन्धी लघु सचेतना कार्यक्रम सञ्चालन गरी जनचेतना अभिवृद्दि गरेका छन ।
लघू सचेतना कार्यक्रममा बिभिन्न स्थानहरुमा सवारी साधन तथा पैदलयात्रीहरुलाई रोकिन्छ र ट्राफिक नियम सम्बन्धी जानकारी मुलक पर्चा वितरण गरीन्छ, त्यसपछी सोही कार्यक्रममा सहभागि १ जनालाई ट्राफिक नियम सम्बन्धी जानेका कुरा बोल्न लगाईन्छ र नबुझेका कुरा ट्राफिक प्रहरी बाट प्रष्ट पारिन्छ ।
यसका साथै सप्ताहव्यापी कार्यक्रमकै तालिका बमोजिम आज ट्राफिक प्रहरीले सवारी चालक पोशाक चेकजाँच, सवारी भाडादर अनुगमन, आरक्षण सिट कार्यान्वयन भए नभएको अनुगमन गर्नेछ ।
गण्डकी प्रदेशमा गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, पोखरा महानगरपालिका र गण्डकी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको सहकार्यमा सञ्चालन भईरहेको ट्राफिक सप्ताह कार्यक्रमको यहि बैशाख २५ गते उद्घाटन गरीएको थियो । उद्घाटन कार्यक्रमका अवसरमा प्रदेशका सबै; जिल्लाहरुमा ट्राफिक सचेतनामुलक प्रभातफेरी समेत गरिएको थियो । नसामा सवारी दुर्घटनाको तयारी, तीव्र गति जीवन क्षति, तपाईं हाम्रो जिम्मेवारी सुरक्षित सवारी आदि लेखिएका प्ले-कार्डहरु प्रदर्शन गरीएको उक्त प्रभातफेरी कार्यक्रममा विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी, विभिन्न क्लब, आम समूह, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । गण्डकी प्रदेशमा यो सप्ताह वैशाख ३१ गते सम्म विविध परिष्कृत, प्रभावकारी कार्यक्रमहरुका साथ सञ्चालन हुनेछ । जसमध्ये भोलि २९ गते सडक प्रयोगकर्ता प्रशिक्षण कार्यक्रम, ३० गते सवारी चालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम, सवारी साधनको यान्त्रिक परीक्षण, रक्तदान कार्यक्रम, विद्यालयका सवारी अनुगमन र कार्यक्रमको अन्तिम दिन ३१ गते सञ्चारकर्मीहरु संग ट्राफिक व्यवस्थापनका विषयमा अन्तरक्रिया गर्ने र साझ दिप प्रज्वलन गरी कार्यक्रम समापन गरिनेछ । कार्यक्रम जे जसरी भएपनि सडक र सवारी प्रयोगकर्ता सजग नहुनेहो भने सडक दुर्घटना रोक्न सकिदैन त्यसैले हामी सबै जिम्मेवार भई सडक तथा सवारी नियमलाई हेलचक्र्याई नगरी पालना गरेमा मात्र दुर्घटनाबाट बच्न र बचाउन सकिन्छ ।

सम्बन्धित समाचार
७१” औं प्रहरी दिवस २०८३ मूल समारोह कार्यक्रम सम्पन्न ।
२०८३-०६-३०

असोज-३०, पोखरा ।“विपद्दमा सारथी,संकटमा छहारी प्रविधियुक्त नेपाल प्रहरी” भन्ने मूख्य नाराको साथ नेपाल प्रहरीले मनाईरहेको ७१” औं प्रहरी दिवसको मूल समारोह गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा सम्पन्न भएको छ ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मुख्यमन्त्री पाण्डेले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुको साथै शहादत प्राप्त अमर प्रहरी कर्मचारीको योगदानलाई स्मरण गर्दै ती सपुतहरूप्रति श्रद्धासुमन अर्पण गर्नु भएको थियो । कार्यक्रममा दैनिक प्रहरी कार्यमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरु र गण्डकी प्रदेश प्रहरीलाई विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कार तथा प्रशंसा पत्र वितरण गरिएको थियो । उपस्थित अतिथी ज्युहरुलाई धन्यवाद ज्ञापन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ति क्षेत्रीले देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गराउने कुरामा नेपाल प्रहरीले विशिष्ट योगदान पुर्याएको र प्राकृतिक प्रकोप, शान्ति सुरक्षा लगायतका हरेक घडीमा आफूलाई इमान्दारिता, जिम्मेवारिका साथ अघि बढाउँदै आएको प्रहरीले व्यवसायिक रुपमा पनि आफूलाई उत्तिकै सक्षम बनाएको उहाँले बताउनुभयो ।नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शुभकामना सन्देश बाचन गर्नुभएको थियो ।कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी विश्व विद्यालयका कुलपति प्राध्यापक डा.इन्द्र प्रसाद तिवारी,प्रदेश सरकार तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखराका आन्तरिक मामिला सचिव तिर्थराज चिलुवाल,नेपाल पूर्व प्रहरी संगठन गण्डकी प्रदेश पोखराका अध्यक्ष एक नारायण शर्मा,कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, पश्चिम पृतना हेडक्वाटर पोखराका पृतना पति उपरथी भोलानाथ थापा, अवकाश प्राप्त पुर्व प्रहरी कर्मचारीहरु, अमर प्रहरी परिवारहरु, सिनियर प्रहरी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।