प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

म्याग्दी: ट्याक्सीले ठक्कर दिँदा १ जना घाईते

२०७९-११-२६

  • A
  • A-
  • A+
Share

बेनी न.पा ४ सिंगा तातोपानी स्थित ध. १ ज ५५२ नं.को ट्याक्सीले जिल्ला म्याग्दी धौलागिरी गा.पा ६ मराङ घर भई सिंगा तातोपानीमा नुहाउन आएका बर्ष ७७ को कृते जुग्जाली लाई ठक्कर दिंदा घाईते भई फेवासिटी अस्पताल पोखरामा उपचार भईरहेको । ट्याक्सी चालक घाईतेको उपचारमा संलग्न रहेको । ट्याक्सी प्रहरीको नियन्त्रणमा । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०४-२०

जिल्ला तनहुँ म्याग्दे गा.पा.२ जामुने स्थित पृथ्बीराजमार्गमा दमौलीबाट थर्पु तर्फ आउदै गरेको ग १६ प ४५९६ नम्बरको स्कुटर चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. ४ दुलेगौंडा बस्ने वर्ष ३० को अमन पौडेल र निजको साथी ऐ.५ बस्ने बर्ष ३४ को नरजंग राना स्कुटर रोकी सर्भिस लेनमा बसीरहेको अबस्थामा थर्पुबाट खटिएको प्रहरी टोलिले शंकास्पद लागि चेकजाँच गर्ने क्रममा निज अमन पौडेलको साथबाट र स्कुटरको डिक्की भित्रबाट गरी प्रतिबन्धित लागुऔषध फेनारागन ११ एम्पुल, डाइजेपाम ११ एम्पुल, नुर्फिन ११ एम्पुल सहित दुबै जना मानिस र स्कुटर नियन्त्रणमा लिई थप अनुसन्धानको भइरहेको ।