प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०२-२३

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका २५ हेम्जा स्थित पोखरा बाग्लुङ सडक खण्डमा नौडाँडाबाट पोखरा तर्फ आउदै गरेको ग१०प ७६६६ नं.को मो.सा.(तिब्र गतिमा) अनियन्त्रित भई सडकको बिचको डिभाईडरमा ठोकिन गई दुर्घटना हुँदा निम्न स्थान बस्ने निम्न व्यक्तिहरु घाईते भई उपचारको लागि मणिपाल अस्पताल पठाईएको, उक्त स्थानमा प्रहरी टोली खटि गई मो.सा. नियन्त्रणमा रहेको ।

निम्न:-

१. जिल्ला कास्की पोखरा २५ हेम्जा बस्ने वर्ष अन्दाजी ३५ को दिलिप कुँवर,अवस्था सिरीयस, उपचारमा आफन्त चिरिन्जिबि पौडेल (९८४६०४२४२४) रहेको ।

२.ऐ.बस्ने वर्ष अन्दाजी २७ को अक्षय राज कुँवर, अवस्था सिरीयस रहेकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।