प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न सामान सहित मानिस नियन्त्रणमा

२०७९-०२-१९

  • A
  • A-
  • A+
Share

बागलुङ, बडिगाड गाउँपालिका ३ हाडीखोलामा प्रहरीको चेकिङ टोलीले चेकजाच गर्ने क्रममा राजश्व नतिरेको, बिल नभएको निम्न ईलेक्ट्रोनिक सामानहरु लिई हिडिरहेको अवस्थामा निम्न मानिसहरु नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।

निम्न :-

१. जिल्ला स्याङजा वालिङ न.पा. १३ बस्ने वर्ष ३८ को जिबलाल गैह्रै

२. जिल्ला सर्लाही धनकौला गा.पा. ३ बस्ने चुनचुन मिश्र

निम्न सामानहरु :-

१. विभिन्न कम्पनिको मोबाईल सेट – ५३ थान

२. एयरफोन - ९५ थान

३. मोबाईलको ब्याक कभर ३ थान

४.विभिन्न कम्पनिको चार्जर ९१ पिस

५. पवार बैङक १ थान

६. डाटाकेबल १३२ पिस

७. डाटाकेबल oppo usb cable 120 cm को 6 प्याकेट ।

सम्बन्धित समाचार
सवारी दुर्घटना : जिल्ला न.प.(पूर्व)
२०८२-०८-०१

जिल्ला न.प.(पूर्ब) गैडाकोट न.पा. ८ बिजय चोक स्थित पूर्ब पश्चिम राजमार्गमा कावासोतीबाट गैडाकोट तर्फ आउँदै गरेको लु १ ख ८१२५ नं. को ट्रक र बिपरीत दिशाबाट बाट जाँदै गरेको लु १ ब १३७३ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक जिल्ला डोटी पुर्बी चौकी १ माथिल्लो प्लोट बस्ने बर्ष २५ को रक्की भुल घाईते भई उपचारको लागि स्थानिय गैडाकोट आधारभुत स्वास्थ्य चौकी लगेको दाँया नलि खुट्टा फ्याक्चर, दायाँ हातमा भित्री चोट लागेको, उक्त स्थानमा ट्राफिक सहित प्रहरी टोली खटिगई मोटरसाइकल, ट्रक र ट्रक चालक जिल्ला खोटाङ बराहा पोखरी न.पा. ६ मौवाबिटे बस्ने बर्ष ३५ को बिजय राईलाई नियन्त्रणमा लिईएको ।