प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०२-१८

  • A
  • A-
  • A+
Share

कास्की, सादा पोशाकको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका ११ रानीपौवा स्थितबाट निम्न ब्यक्तिहरुको साथबाट लागूऔषध डाईजेपाम ९० एम्पुल, फेनारगन ९० एम्पुल र नुर्फिन ९० एम्पुल गरी जम्मा २७० एम्पुल लागूऔषध सहित निजहरूलाई पक्राउ गरी प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

निम्न:-

१.जिल्ला पर्वत कुश्म नगरपालिका ९ आर्थर डाँडाखर्क घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.५ मालेपाटन बस्ने वर्ष २० को सौगात क्षेत्री ।

२.जिल्ला कास्की पोखरा म.न.पा.११ रानीपौवा बस्ने वर्ष १७ को सोनु शाक्य ।

सम्बन्धित समाचार
सवारी दुर्घटना : जिल्ला न.प.(पूर्व)
२०८२-०८-०१

जिल्ला न.प.(पूर्ब) गैडाकोट न.पा. ८ बिजय चोक स्थित पूर्ब पश्चिम राजमार्गमा कावासोतीबाट गैडाकोट तर्फ आउँदै गरेको लु १ ख ८१२५ नं. को ट्रक र बिपरीत दिशाबाट बाट जाँदै गरेको लु १ ब १३७३ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक जिल्ला डोटी पुर्बी चौकी १ माथिल्लो प्लोट बस्ने बर्ष २५ को रक्की भुल घाईते भई उपचारको लागि स्थानिय गैडाकोट आधारभुत स्वास्थ्य चौकी लगेको दाँया नलि खुट्टा फ्याक्चर, दायाँ हातमा भित्री चोट लागेको, उक्त स्थानमा ट्राफिक सहित प्रहरी टोली खटिगई मोटरसाइकल, ट्रक र ट्रक चालक जिल्ला खोटाङ बराहा पोखरी न.पा. ६ मौवाबिटे बस्ने बर्ष ३५ को बिजय राईलाई नियन्त्रणमा लिईएको ।