प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: लागूऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०१-१८

  • A
  • A-
  • A+
Share

तनहुँ, आँबुखैरेनी गाउँपालिका ४ देबीटार स्थितमा प्रहरीको चेकिङ टोलीले भैरहवाबाट पोखरा आउदै गरेको लु२ख ११०४ नं.को बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला रुपन्देही देबदह नगरपालिका १२ बस्ने बर्ष २० को सहरे आलमले बोकेको कालो झोलाबाट ब्रोनोरफाईन ४९ एम्पुल, फेनरागन ५० एम्पुल र डाईजोपाम ४८ एम्पुल गरी जम्मा १४७ एम्पुल लागूऔषध सहित निज सँगै यात्रा गरी आएको जिल्ला रुपन्देही ओमसतिया गाउँपालिका ५ बस्ने बर्ष ३६ को सुनिल कोहारलाई समेत नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८३-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा. ४ बेनीटार स्थित पृथ्वीराजमार्गमा मुग्लिङपुल जिप तनहुँबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको ग.प्र. ०१-००१ ख ०११४ नम्बरको हाईसमा सँगै आएका सवार जिल्ला काठमाण्डौं टोखा न.पा.- ५ धापसी बस्ने वर्ष ३० को सन्तोष खाती र बस्ने वर्ष २६ को सागर श्रेष्ठको झोला चेकजाँच गर्ने क्रममा सागर श्रेष्ठको पछाडि भर्ने झोलामा लुकाई छिकाई राखेको SPASPAIN - ३३ टयाप्लेट, PREGABALIN - २६ क्पासुल नियन्त्रित‌ औषधी सहित निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।