प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ : ट्याक्टरले ठक्कर दिँदा मो.सा.चालक घाईते

२०७८-११-२२

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ घिरिङ गा.पा.५ बेलभन्ज्याङ स्थित भित्री सडक खण्डमा ना. ४ त १३२२ नं. को ट्याक्टरले ग. १९ प ८११७ नं. को मो.सा.लाई ठक्कर दिंदा मो.सा. चालक जिल्ला तनहुँ घिरिङ गा.पा.४ गडेलीटार बस्ने वर्ष ४३ को दिल बहादुर कुमाल घाईते भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । ट्याक्टर चालक उपचारमा संलग्न रहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८३-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा. ४ बेनीटार स्थित पृथ्वीराजमार्गमा मुग्लिङपुल जिप तनहुँबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको ग.प्र. ०१-००१ ख ०११४ नम्बरको हाईसमा सँगै आएका सवार जिल्ला काठमाण्डौं टोखा न.पा.- ५ धापसी बस्ने वर्ष ३० को सन्तोष खाती र बस्ने वर्ष २६ को सागर श्रेष्ठको झोला चेकजाँच गर्ने क्रममा सागर श्रेष्ठको पछाडि भर्ने झोलामा लुकाई छिकाई राखेको SPASPAIN - ३३ टयाप्लेट, PREGABALIN - २६ क्पासुल नियन्त्रित‌ औषधी सहित निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।