प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७८-११-१४

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ व्यास नगरपालिका २ भोर्लेटार चोक स्थित पृथ्वीराजमार्गमा खटिएको प्रहरीको पिकेट ड्युटीले डुम्रेबाट दमौली तर्फ आउदै गरेको पैदल यात्री जिल्ला कास्की पोखरा म.न.पा.१४ भानुभक्त चोक बस्ने वर्ष १८ को सुन्दर बि.क. लाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट लागुऔषध नाइट्रोभेट १६ पत्ता (२३४ ट्याब्लेट ) फेला पारी, निजलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
सवारी दुर्घटना : जिल्ला न.प.(पूर्व)
२०८२-०८-०१

जिल्ला न.प.(पूर्ब) गैडाकोट न.पा. ८ बिजय चोक स्थित पूर्ब पश्चिम राजमार्गमा कावासोतीबाट गैडाकोट तर्फ आउँदै गरेको लु १ ख ८१२५ नं. को ट्रक र बिपरीत दिशाबाट बाट जाँदै गरेको लु १ ब १३७३ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक जिल्ला डोटी पुर्बी चौकी १ माथिल्लो प्लोट बस्ने बर्ष २५ को रक्की भुल घाईते भई उपचारको लागि स्थानिय गैडाकोट आधारभुत स्वास्थ्य चौकी लगेको दाँया नलि खुट्टा फ्याक्चर, दायाँ हातमा भित्री चोट लागेको, उक्त स्थानमा ट्राफिक सहित प्रहरी टोली खटिगई मोटरसाइकल, ट्रक र ट्रक चालक जिल्ला खोटाङ बराहा पोखरी न.पा. ६ मौवाबिटे बस्ने बर्ष ३५ को बिजय राईलाई नियन्त्रणमा लिईएको ।