प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी पूर्व: सवारी दुर्घटना

२०७८-११-०८

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी (पूर्व) कावासोती नगरपालिका ३ रामनगर चोक स्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको लु४त ७७७१ नं.को ट्याक्टर आफै अनियन्त्रित भई पल्टन जाँदा उक्त ट्याक्टरमा काम गर्ने ऐ.१० मगरकोट बस्ने वर्ष २६ को राजेश अर्याल घाइते भई उपचारको लागि एलाइभ अस्पताल भरतपुर चितवन पठाईएको, अवस्था मध्यम, ट्याक्टर चालक फरार भएको खोजतलास कार्य भईरहेको, ट्याक्टर घटनास्थलमा,उक्त स्थानमा प्रहरी टोली खटि गएको।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।