प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी पूर्व: सवारी दुर्घटना

२०७८-११-०८

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी (पूर्व) कावासोती नगरपालिका ३ रामनगर चोक स्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको लु४त ७७७१ नं.को ट्याक्टर आफै अनियन्त्रित भई पल्टन जाँदा उक्त ट्याक्टरमा काम गर्ने ऐ.१० मगरकोट बस्ने वर्ष २६ को राजेश अर्याल घाइते भई उपचारको लागि एलाइभ अस्पताल भरतपुर चितवन पठाईएको, अवस्था मध्यम, ट्याक्टर चालक फरार भएको खोजतलास कार्य भईरहेको, ट्याक्टर घटनास्थलमा,उक्त स्थानमा प्रहरी टोली खटि गएको।

सम्बन्धित समाचार
सवारी दुर्घटना : जिल्ला न.प.(पूर्व)
२०८२-०८-०१

जिल्ला न.प.(पूर्ब) गैडाकोट न.पा. ८ बिजय चोक स्थित पूर्ब पश्चिम राजमार्गमा कावासोतीबाट गैडाकोट तर्फ आउँदै गरेको लु १ ख ८१२५ नं. को ट्रक र बिपरीत दिशाबाट बाट जाँदै गरेको लु १ ब १३७३ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक जिल्ला डोटी पुर्बी चौकी १ माथिल्लो प्लोट बस्ने बर्ष २५ को रक्की भुल घाईते भई उपचारको लागि स्थानिय गैडाकोट आधारभुत स्वास्थ्य चौकी लगेको दाँया नलि खुट्टा फ्याक्चर, दायाँ हातमा भित्री चोट लागेको, उक्त स्थानमा ट्राफिक सहित प्रहरी टोली खटिगई मोटरसाइकल, ट्रक र ट्रक चालक जिल्ला खोटाङ बराहा पोखरी न.पा. ६ मौवाबिटे बस्ने बर्ष ३५ को बिजय राईलाई नियन्त्रणमा लिईएको ।