प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: पार्किङ गरी राखेको ट्याक्टरमा मो.सा.ठक्कर खाँदा १ को मृत्यु

२०७८-०९-०८

  • A
  • A-
  • A+
Share

पौष ८, जिल्ला तनहुँ भिमाद न.पा.६ सिमबोट स्थित पार्किङ गरी राखेको ग. १ त ३७६९ नं.को ट्याक्टरमा बा.१५ प ४०९३ नं.को मो.सा. ठोकिन जाँदा मो.सा.चालक जिल्ला तनहुँ ऋषिङ गा.पा.७ डुकडाँडा घर भई हाल भिमाद.न.पा.६ मालेबगर डेरा गरी बस्ने वर्ष २६ को प्रकाश राना गम्भीर घाइते भई प्राथमिक स्वास्थ्य चौकी भिमाद तनहुँमा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको । दुबै सवारी साधन र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।