प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रदेश स्तरिय एक दिवसिय अपराध अनुसन्धान समिक्षा गोष्ठी सम्पन्न ।

२०८१-११-२०

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको समन्वयमा जिल्ला कास्की, पोखरा -१७ ड्यामसाईड स्थित नेपाल पर्यटन बोर्डको सभाहलमा उच्च अदालत कास्कीका माननिय मुख्य न्यायधिस रत्न बहादुर बागचन्दको प्रमुख आतिथ्यतामा एक दिवसीय “प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी” सम्पन्न भएको छ ।
गोष्ठीलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी माननिय मुख्य न्यायधिस रत्न बहादुर बागचन्दले साईबर अपराधको अनुसन्धान, अभियोजन तथा न्यायिक निरुपण सम्बन्धमा समेत चर्चा गर्नुहुँदै अपराध अनुसन्धानलाई वैज्ञानिक, व्यवस्थित एवम् प्रमाणमुखी बनाई न्यायिक प्रकृयामा सही, निष्पक्ष र पूर्ण व्यावसायिक भई कार्य सम्पादन गर्न अपराध प्रवृत्ति एवम् तथ्याङकहरूलाई समेत केन्द्रबिन्दुमा राखी योजनाबद्ध ढंगले अघि बढ्न जरूरी रहेको बताउनुभएको थियो ।
गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी बरिष्ठ उपरीक्षक कृष्ण प्रसाद पंगेनीले कार्यक्रमको औचित्य सहित स्वागत मन्तव्य राख्नुभएको थियो भने पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव प्रसाद बराल, गण्डकी प्रदेशका मुख्य न्यायधिबक्ता चिरन्जिवी शर्मा पौडेल, गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय आन्तरिक मामिला तथा सञ्चार महाशाखाका सचिव बाबुराम गौतम, कास्की जिल्ला अदालतका माननिय न्यायधिस नवराज दाहाल र कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतले शूभकामना मन्तव्य राख्नुभएको थियो ।
सोही अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला सरकारी वकिल कार्यालय कास्की, गण्डकी प्रदेश मातहत जिल्ला प्रहरी कार्यालय प्रमुखहरुको तर्फबाट प्रस्तुतिकरण पश्चात् नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायतले प्रस्तुतिकरणमा उठेका जिज्ञासाहरुको सम्बन्धमा अन्तरक्रिया तथा छलफल सहित निर्देशन सम्बोधन गर्नुभएको थियो भने गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक महेन्द्र खड्काले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
उक्त समिक्षा गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायत, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक महेन्द्र खड्का लगायत गण्डकी प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय प्रमुखहरु, मुद्धा चल्ने ईकाईका कार्यालय प्रमुखहरु तथा अपराध अनुसन्धान शाखामा कार्यरत सिनियर/जुनियर प्रहरी अधिकृत, बिभिन्न सरकारी निकायका प्रमुख एवम् प्रतिनिधीहरु, संचारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-२७

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी चेकिङ टोलिले सवारी साधन चेक जाँच गर्ने क्रममा मुग्लिनबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १ ख. ९२६९ नं.को बसमा एकै सिटमा सवार रहेको जिल्ला कास्की पोखरा म.न.पा.३१ बस्ने वर्ष ३० को आशिक जलारी र जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.३ बस्ने वर्ष २२ को प्रदिप बि.क.को आफु बसेको सिटमुनि प्लाष्टिकको झोलामा लुकाई छिपाई ल्याएको phenargan ६२ एम्पुल noophin ६२ एम्पुल Diazepam ६२ एम्पुल गरी जम्मा १८६ एम्पुल लागु औषध सहित दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको । 

सवारी दुर्घटना : तनहुँ
२०८२-०१-१७

जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ खैरेनिटार स्थित पृथ्विराजमार्गमा खैरेनिटारबाट भिमादचोक तर्फ आउँदै गरेको ग ८ प ८६८९ नं.को भिआर मोटरसाइकलले पैदलयात्री जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ बस्ने रेखा कुमालको छोरा बर्ष ७ को अमन कुमाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा घाईते भई उपचारको लागी जि.पि.कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा पठाइएको, घाईतेको अनुहार र दाँया खुट्टामा चोट लागेको, मोटरसाइकल र मोटरसाइकल चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.७ भिमादचोक बस्ने बर्ष ३१ को दिपक खड्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।