प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गण्डकी प्रदेश प्रहरी कार्यालयको कार्यदक्षता मूल्यांकन तथा प्रहरी ब्याटन निरीक्षण सम्पन्न ।

२०८१-०६-०५

  • A
  • A-
  • A+
Share

असोज-०५, पोखरा
नेपाल प्रहरी प्रधान कार्यालयको अन्तर प्रहरी कार्यालय कार्यदक्षता मूल्यांकन तथा प्रहरी ब्याटन निरीक्षण टोलीले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको निरीक्षण सम्पन्न गरेको छ ।
अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्यांकन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुदिप गिरी सहितको प्रहरी टोलिले गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा प्रहरी प्रधान कार्यालयबाट आएको प्रहरी टोलीले गण्डकी प्रदेश प्रहरीको समग्र जनशक्ति र भौतिक पूर्वाधार व्यबस्थापन, अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण, प्रशासनिक गतिबिधी, सुरक्षा तथा प्रहरी कार्य, हातहतियारको अवस्था, शान्ती सुरक्षाका लागि प्रहरीबाट थालनी गरीएका नयां अभ्यासहरु लगायतका बिबिध विषयमा स्थलगत अवलोकन गरी गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहबाट उक्त विषयहरुमा जानकारी समेत लिनुभएको थियो । कार्यक्रममा निरीक्षण टोलीले प्रदेश प्रहरी कार्यालयहरुमा रहेका सम्पूर्ण शाखाहरुमा रहेको जनशक्ति, कार्यशैली, अभिलेख व्यवस्थापन लगायतको निरीक्षण गर्नुभएको थियो । निरीक्षण टोलीले कार्यालयमा प्रहरी कर्मचारीको उत्प्रेरणा, खानाको गुणस्तर, खेलकुद व्यवस्थापन र ब्यारेक समेतको निरीक्षण गर्नुभएको थियो ।
निरीक्षण पश्चात प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो । निर्देशन सम्बोधनका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले प्रहरीले सेवाग्राही सबैलाई आफ्नो परिवार सरहको व्यबहार प्रदर्शन गर्नुपर्ने बताउनुभयो ।
यहि असोज ०३ गते मात्र गण्डकी प्रदेश प्रवेश गरेको प्रहरी कार्यालय कार्यदक्षता मूल्यांकन टोलीले ४ गतेनै गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, गण्डकी प्रदेश प्रहरी गण, इलाका प्रहरी कार्यालय शिशुवा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको निरीक्षण गरेको थियो भने मूल्यांकन टोलीले आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा , नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय गगनगौडा कास्की,नेपाल प्रहरी विशेष सुरक्षा गण तनहुँ, नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँ र प्रहरी चौकी थर्पु तनहुँ निरीक्षण गरेको छ । साथै असोज ०६ गते जिल्ला प्रहरी कार्यालय गोरखा निरीक्षण गर्ने कार्यतालिका रहेको छ ।

सम्बन्धित समाचार
७१” औं प्रहरी दिवस २०८३ मूल समारोह कार्यक्रम सम्पन्न ।
२०८३-०६-३०

असोज-३०, पोखरा ।“विपद्दमा सारथी,संकटमा छहारी प्रविधियुक्त नेपाल प्रहरी” भन्ने मूख्य नाराको साथ नेपाल प्रहरीले मनाईरहेको ७१” औं प्रहरी दिवसको मूल समारोह गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा सम्पन्न भएको छ ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मुख्यमन्त्री पाण्डेले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुको साथै शहादत प्राप्त अमर प्रहरी कर्मचारीको योगदानलाई स्मरण गर्दै ती सपुतहरूप्रति श्रद्धासुमन अर्पण गर्नु भएको थियो । कार्यक्रममा दैनिक प्रहरी कार्यमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरु र गण्डकी प्रदेश प्रहरीलाई विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कार तथा प्रशंसा पत्र वितरण गरिएको थियो । उपस्थित अतिथी ज्युहरुलाई धन्यवाद ज्ञापन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ति क्षेत्रीले देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गराउने कुरामा नेपाल प्रहरीले विशिष्ट योगदान पुर्याएको र प्राकृतिक प्रकोप, शान्ति सुरक्षा लगायतका हरेक घडीमा आफूलाई इमान्दारिता, जिम्मेवारिका साथ अघि बढाउँदै आएको प्रहरीले व्यवसायिक रुपमा पनि आफूलाई उत्तिकै सक्षम बनाएको उहाँले बताउनुभयो ।नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शुभकामना सन्देश बाचन गर्नुभएको थियो ।कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी विश्व विद्यालयका कुलपति प्राध्यापक डा.इन्द्र प्रसाद तिवारी,प्रदेश सरकार तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखराका आन्तरिक मामिला सचिव तिर्थराज चिलुवाल,नेपाल पूर्व प्रहरी संगठन गण्डकी प्रदेश पोखराका अध्यक्ष एक नारायण शर्मा,कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, पश्चिम पृतना हेडक्वाटर पोखराका पृतना पति उपरथी भोलानाथ थापा, अवकाश प्राप्त पुर्व प्रहरी कर्मचारीहरु, अमर प्रहरी परिवारहरु, सिनियर प्रहरी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।