प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : बागलुङ

२०८१-०५-१४

  • A
  • A-
  • A+
Share

जिल्ला बागलुङ गल्कोट न.पा.९ भालु पाईले मध्यपहाडी लोकमार्गमा खर्बाङ देखि हटिया तर्फ जाँदै गरेको लु३च ५१५० नं.को पिकअप जिप चालकले नियन्त्रण गुमाई सडक देखि ३० मिटर तल खस्न गई दुर्घटना हुँदा चालक जिल्ला बागलुङ बरेङ गा.पा.५ बस्ने वर्ष २४ को यादव खत्री घाईते भई उपचारको लागि ऐ.३ हटिया आरोग्य अस्पताल ल्याईएको, दाहिने हातमा चोट अवस्था सामान्य रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८३-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा. ४ बेनीटार स्थित पृथ्वीराजमार्गमा मुग्लिङपुल जिप तनहुँबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको ग.प्र. ०१-००१ ख ०११४ नम्बरको हाईसमा सँगै आएका सवार जिल्ला काठमाण्डौं टोखा न.पा.- ५ धापसी बस्ने वर्ष ३० को सन्तोष खाती र बस्ने वर्ष २६ को सागर श्रेष्ठको झोला चेकजाँच गर्ने क्रममा सागर श्रेष्ठको पछाडि भर्ने झोलामा लुकाई छिकाई राखेको SPASPAIN - ३३ टयाप्लेट, PREGABALIN - २६ क्पासुल नियन्त्रित‌ औषधी सहित निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।