प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न ।

२०८१-०४-२७

  • A
  • A-
  • A+
Share

मिति २०८१।०४।२७ गते तालुक गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहज्यू यस जिल्ला प्रहरी कार्यालय नवलपरासी ( बर्दघाट सुस्ता पूर्व) पाल्नु भई कार्यालयको स्थलगत निरीक्षण गर्नुका साथै उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको छ ।
निरीक्षणको क्रममा प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहज्यूले यस जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व कार्यालय, हिरासत कक्ष, ब्यारेक, मेस लगायत विभिन्न शाखाहरुको निरीक्षण गर्नु भएको तथा यस कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरहरी रेग्मीेले जिल्ला प्रहरी कार्यालयल नवलपरासी पूर्वको बस्तुस्थिति, शान्ति सुरक्षाको अवस्था, अपराध नियन्त्रण, सामुदायीक गतिविधी लगायतका विषयमा समग्र जिल्लाको प्रस्तुतिकरण गर्नु भएको थियो ।
यस कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको निर्देशन सम्बोधन कार्यक्रममा प्रहरी नायव महानिरीक्षकज्यूले नागरिक प्रति मिठो बोली, नम्र व्यवहारका साथ कानूनले निर्दिष्ट गरेका प्रहरी कामकारवाहीमा अविचलित रुपमा सेवा प्रदान गर्नु हुन र अनुशासित, निस्वार्थ, स्वच्छ भावनाका साथ नागरिक प्रतिको जिम्मेवारी बहन गर्नुहुन सबै सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको थियो ।

सम्बन्धित समाचार
सवारी दुर्घटना : जिल्ला न.प.(पूर्व)
२०८२-०८-०१

जिल्ला न.प.(पूर्ब) गैडाकोट न.पा. ८ बिजय चोक स्थित पूर्ब पश्चिम राजमार्गमा कावासोतीबाट गैडाकोट तर्फ आउँदै गरेको लु १ ख ८१२५ नं. को ट्रक र बिपरीत दिशाबाट बाट जाँदै गरेको लु १ ब १३७३ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक जिल्ला डोटी पुर्बी चौकी १ माथिल्लो प्लोट बस्ने बर्ष २५ को रक्की भुल घाईते भई उपचारको लागि स्थानिय गैडाकोट आधारभुत स्वास्थ्य चौकी लगेको दाँया नलि खुट्टा फ्याक्चर, दायाँ हातमा भित्री चोट लागेको, उक्त स्थानमा ट्राफिक सहित प्रहरी टोली खटिगई मोटरसाइकल, ट्रक र ट्रक चालक जिल्ला खोटाङ बराहा पोखरी न.पा. ६ मौवाबिटे बस्ने बर्ष ३५ को बिजय राईलाई नियन्त्रणमा लिईएको ।