प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी चौकी मौवाफाँटको नव निर्मित भवन उद्‍घाटन कार्यक्रम सम्पन्न : म्याग्दी

२०७९-०९-२१

  • A
  • A-
  • A+
Share

पौष-२१, पोखरा ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले म्याग्दी जिल्ला स्थित निर्माण सम्पन्न भएको प्रहरी चौकी मौवाफाँटको नव-निर्मित भवनको उद्‍घाटन गर्नुभएको छ ।

गण्डकी प्रदेश सरकारको नियमित बजेट बाट म्याग्दी जिल्लाको रघुगंगा गाँउपालिका-३ मौवाफँटमा निर्माण सम्पन्न उक्त प्रहरी चौकीमा प्रहरी कार्यालय भवन, मेस, ब्यारेक लगायतका भवनहरु निर्माण गरिएको हो । उद्‍घाटन पश्चात प्रहरी नायव महानिरीक्षक जोशीले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो ।

उक्त समुद्‍घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी राम पौडेलरघुगंगा गाउँपालिकाका प्रमुख भव बहादुर भण्डारीउप-प्रमुख प्रेम कुमारी पुनजिल्ला प्रहरी कार्यालय म्याग्दीका कार्यालय प्रमुख प्र.ना.उ. तिलक भारतीस.प्र.ना.उ. प्रदिप थापारघुगंगा गाउँपालिकाका जनप्रतिनिधिहरूस्थानीय सर्वसाधारण तथा पत्रकारहरू समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।