प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मुस्ताङ: सवारी दुर्घटना

२०७९-०१-०६

  • A
  • A-
  • A+
Share

जिल्ला मुस्ताङ बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका ३ टुट्याङ स्थितमा लोमाङथानबाट जोमसोम तर्फ आउदै गरेको MH47AB3443 नं.भारतिय स्कारपियो गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खस्न जादा २ जना सवार मध्य चालक भारत मुम्बई घर भएको वर्ष ४८ को उत्तम राउ घाईते भई उपचारको लागि जिल्ला अस्पताल जोमसोम पठाएको, अवस्था मध्यम, गाडी घटनास्थालमा नै रहेको, उक्त स्थानमा प्रहरी टोली खटि गएको । 

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ : म्याग्दी
२०८३-०४-०८

मिति २०८३।०४।०८ गते भुल बहादुर तिलिजाको जाहेरीले कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला म्याग्दी रघुगंगा गा.पा.४ दग्नाम बस्ने वर्ष ४५ को गुन बहादुर पुर्जा पुर्पक्षको लागी जिल्ला कारागार म्याग्दीमा रहेकोमा तत्कालिन म्याग्दी आक्रमणमा कारागारबाट फरार भएकोमा सम्मानित जिल्ला अदालत म्याग्दीको फैसलाले २० बर्ष कैद सजाय तोकिई १९ वर्ष ७ महिना कैद सजाए भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई निजको वतन देखी ५ कि.मि. टाढा लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा जि.प्र.का.म्याग्दीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको ।