प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा कुकुर पुजा सम्पन्न

२०७८-०७-१७

  • A
  • A-
  • A+
Share

कार्तिक १७यमपञ्चको दोस्रो दिन अर्थात कुकुर पुजाको अवसरमा नेपाल प्रहरीको अनुसन्धान प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने साथै अपराध अनुसन्धानको सारथीका रुपमा रहेका तालिम प्राप्त कुकुरहरुको आज विधिवत पुजा गरिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनी समेतको उपस्थिति रहेको पुजा कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेको केनाइन शाखामा रहेका कुकुरहरुको पुजा गरी मिठा मिठा परिकारहरु समेत खुवाइएको छ ।

कुकुर एक कुशल आज्ञापालक एवं रक्षक साथै विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने र अध्ययन–अनुसन्धान गर्ने कार्यमा समेत अहम भूमिका निर्वाह गर्ने जनावर हो ।

साथै उक्त कुकुर शाखाका ईन्चार्ज प्रहरी नायव निरीक्षक विक्रम कुमार थापाले कुकुरहरुलाई पुजा गरी माला पहिराई मिठा खाने कुराहरु प्रदान गर्नुभएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय केनाईन शाखामा हाल ०७ वटा विभिन्न विधामा तालिम प्राप्त कुकुरहरु सेवारत रहेका छन् ।

सम्बन्धित समाचार
सवारी दुर्घटना : स्याङ्जा
२०८२-०६-०५

जिल्ला स्याङ्जा पुतलिबजार न.पा. ३ देवानचोक स्थित रहेको भीत्रि सडक खण्डमा बाडखोला बाट पुतलिखेत तर्फ जाँदै गरेको Gandaki AAA 9464 नं.को स्कुटर चालकले नियन्त्रण गुमाउन जाँदा रोड नजिकको घरको भित्तामा ठोकि रोडबाट ४ मिटर तल खस्दा चालक जिल्ला स्याङजा पुतलिबजार न.पा. ३ घेउडाँडा बस्ने बर्ष २३ को आकाश शाही र पछाडी सवार जिल्ला लमजुङ घर भई हाल पुतलिबजार न.पा.१ देविस्थान मामाघर बस्ने वर्ष २२ को युवराज गुरुङ घाइते भई उपचारको लागी प्रदेश अस्पताल स्याङ्जा पठाईएकोमा सामान्य उपचार पश्चात २२:५० बजे दुवै जानलाई JMC पोखरा रिफर भएको, स्कुटर प्रहरी नियन्त्रणमा रहेको ।