प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानिस हराई बेपत्ता:न.प. (पूर्व)

२०८१-०१-०९

  • A
  • A-
  • A+
Share

मिति २०८१।०१।०८ गते १३:०० बजे जिल्ला न.प.(पूर्व) बौद्वीकाली गा.पा.३ थोत्रेनी बस्ने रेवत सारुको छोरी वर्ष १७ की लक्ष्मी सारु र वर्ष १४ की नरिना सारु घर नजिकैको धारामा नुहाउन गएको र हाल सम्म सम्पर्कमा नआएको भन्ने खबर ०९ गते ०७:०० बजे जानकारी प्राप्त हुनासाथ ५ जनाको टोली खटि गई खोजतलास गर्ने क्रममा धारामा कपडा सुकाएको अवस्थामा र ऐ स्थित रहेको काली गण्डकीको किनारमा दुबै जनाको चप्पल र ३० रुपैया पैसा ढुंगाले च्यापेर राखेको अवस्थामा फेला परेको,निजहरुको खोजतलास कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।