प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

न.प. (पूर्व): सवारी दुर्घटना

२०८०-१२-०९

  • A
  • A-
  • A+
Share

जि.न.प.(पूर्व) गैँडाकोट न.पा.१० भैँसाखोरी पूर्व-पश्चिम राजमार्गमा भैंसाखोरीबाट भैडाबारी तर्फ आउदै गरेको बा.प्र.०३-००४प२०६४ नं.को मोटरसाईकल चालकले नियन्त्रण गुमाई मो.सा.सडकको वायाँ साईडमा पल्टिन जाँदा चालक जि.न.प.(पूर्व) गैँडाकोट न.पा.११ बस्ने वर्ष ३० को कमल लुङगेली मगर घाइते भई उपचारको लागि नयाँ मेडिकल कलेज चितवन ल्याएको, टाउकोमा चोट अवस्था गम्भिर उपचारमा निजको आफन्त पृथी बहादुर मगर संलग्न रहेको भनी ०९ गते ००:१५ बजे उक्त अस्पतालमा खटिएको प्र.क.द्वारा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटी गई थप अनुसन्धान गरिएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।