प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना: न.प. ( पूर्व )

२०८०-११-२३

  • A
  • A-
  • A+
Share

जिल्ला न.प.(पूर्व) कावासोती न.पा.३ हलचोक स्थित पूर्व-पश्चिम राजमार्गमा कावासोति बाट बर्दाघाट तर्फ जादै गरेको ना ८ ख ८५८६ नं.को ट्रकले विपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिदाँ साईकल चालक जिल्ला अर्घाखाँची मालारानी गा.पा.१ घर भई हाल जि.न.प. (पूर्व) कावासोती न.पा.३ सहिद स्मृती मार्ग बस्ने बर्ष २८ को गोपाल आचार्य घाईते भई उपचारको लागि स्थानिय कालिगण्डकी सामुदायिक अस्पताल पठाईएकोदायाँ हात र टाउकोमा चोट अबस्था सामान्यउपचारमा घाईतेको दाजु ऋषीराम आचार्य र ट्रक चालक जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा.९ बस्ने बर्ष २७ को भुपाल सुनुवार संलग्न रहेको, ठक्कर दिने ट्रक यस कार्यालयको नियन्त्रणमा रहेको आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।