प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना (न.प. पूर्व)

२०८०-१०-१५

  • A
  • A-
  • A+
Share

जि.न.प.(पूर्व) बिनयी त्रिबेणी गा.पा.२ बिश्वकर्मा मन्दिर नजिकै पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ७ च ५१९८ नं.को बोलेरो चालकले नियन्त्रण गुमाउन जाँदा बाटो देखि १५ मिटर बायाँ साईड तिर तल खस्न गई दुर्घटना हुदाँ निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागि बुटवलतर्फ पठाएको छ ।

१.चालकः-जिल्ला रामेछाप खाडादेबी गा.पा.१ बस्ने वर्ष २३ को गोबिन्द श्रेष्ठको मुखमा,बायाँ हात,बायाँ खुट्टामा चोट अवस्था मध्यम ।
२.बोलेरोमा सवारः- जिल्ला काभ्रे पनौती न.पा.१ बस्ने वर्ष ३२ को सुर्य बहादुर तामाङको मुखमा,छातीमा,बायाँ खुट्टामा चोट,अवस्था मध्यम ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।