प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाली सेनाद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको अवलोकन भ्रमण सम्पन्न ।

२०८०-०८-१२

  • A
  • A-
  • A+
Share

नेपाली सेनाको काठमाण्डौ शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भईरहेको सि.सं.३० को कमाण्ड तथा स्टाफ तालिमका विदेशी तथा नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुद्वारा यहि मंसिर १२ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक गजेन्द्र आचार्यले समग्र प्रदेश अन्तर्गत रहेका नेपाल प्रहरी सङ्गठनको आन्तरिक तथा भौतिक संरचना, शान्ति सुरक्षाको अवस्था, अपराधिक क्रियाकलाप, प्रहरी जनशक्ति परीचालन, सवारी दुर्घटनाको अवस्थाका साथै नेपाली सेना र नेपाल प्रहरीको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षण पश्चात शिक्षार्थीहरुका जिज्ञासाहरुलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङले समाजमा शान्ति, सुरक्षा कायम गर्न नेपाली सेना र नेपाल प्रहरीको सहकार्य अपरिहार्य रहेको बताउनु भएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा विदेशी तथा नेपाली सेनाका ६२ जना शिक्षार्थी अधिकृत र ४ जना तालिम शिक्षकहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-२७

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी चेकिङ टोलिले सवारी साधन चेक जाँच गर्ने क्रममा मुग्लिनबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १ ख. ९२६९ नं.को बसमा एकै सिटमा सवार रहेको जिल्ला कास्की पोखरा म.न.पा.३१ बस्ने वर्ष ३० को आशिक जलारी र जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.३ बस्ने वर्ष २२ को प्रदिप बि.क.को आफु बसेको सिटमुनि प्लाष्टिकको झोलामा लुकाई छिपाई ल्याएको phenargan ६२ एम्पुल noophin ६२ एम्पुल Diazepam ६२ एम्पुल गरी जम्मा १८६ एम्पुल लागु औषध सहित दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको । 

सवारी दुर्घटना : तनहुँ
२०८२-०१-१७

जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ खैरेनिटार स्थित पृथ्विराजमार्गमा खैरेनिटारबाट भिमादचोक तर्फ आउँदै गरेको ग ८ प ८६८९ नं.को भिआर मोटरसाइकलले पैदलयात्री जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ बस्ने रेखा कुमालको छोरा बर्ष ७ को अमन कुमाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा घाईते भई उपचारको लागी जि.पि.कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा पठाइएको, घाईतेको अनुहार र दाँया खुट्टामा चोट लागेको, मोटरसाइकल र मोटरसाइकल चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.७ भिमादचोक बस्ने बर्ष ३१ को दिपक खड्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।