प्रहरी कार्यालय
२०८०-०४-१८
जिल्ला लमजुङ सुन्दरबजार न.पा. ०९ घुमाउने स्थित डुम्रे-बेसिशहर सडक खण्डमा फुलबारीबाट सिउडीबार तर्फ आउदै गरेको ग २१ प ५४०२ नं. स्कुटरले पैदल यात्री वर्ष ५५ को उमाकान्त न्यौपानेलाई ठक्कर दिदा घाइते भइ उपचारको लागि भोटेओडार अस्पताल प्रा.लि.सिउडीबार लमजुङ पठाएको, स्कुटर र चालक वर्ष ४१ को रवि घर्ति भुजेल प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला तनहुँ बन्दिपुर गा.पा.१ डुम्रे बजार पृथ्वीराजमार्गमा डुम्रे देखि आँबुखैरेनी तर्फ जाँदै गरेको ग२च ९९१७ नं.को बलेरो गाडीले पैदल यात्री जिल्ला तनहुँ भानु न.पा.१ भन्सार बस्ने वर्ष ७३ को रुम माया गिरीलाई ठक्कर दिदा घाइते भई उपचारको लागि लक्ष्मी सि.टि.अस्पताल डुम्रे पठाइएको, घाइतेको दाहिने खुट्टामा चोट लागेको, बलेरो र बलेरो चालक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला कास्की पोखरा म.न.पा.२९ घोतघोतेमा भण्डारढिकबाट गगनगौडा तर्फ जाँदै गरेको BAA 0797 नं.को स्कार्पियो चालक ऐ.२९ भण्डाढिक बस्ने वर्ष २७ को अनन्त कुमालले नियन्त्रण गुमाई दुर्घटना हुदा घाइते भई उपचारको लागि युनिक मेडिकल हल पावरहाउस पठाएको, बाहिरी चोट नदेखिएको अवस्था सामान्य, गाडी घटनास्थलमा रहेको, निकाल्ने कार्य भई रहेको बाटो अवरोध नभएको ।
जिल्ला कास्की पोखरा म.न.पा. १३ ढल्केपुल स्थित वर्ष ५२ को दुर्गा बहदुर भुजेलले घर नजिकै रहेको ब्लक र जस्ता पाताले छाएको १ तले कच्चि २ वटा सटरहरु भाडामा लिई संचालन गरेको कन्काई ईन्टर प्राईजेजमा अचनाक बिद्युतलाईन सर्ट भई आगोलागि भएको छ भन्ने सूचना प्राप्त हुनसाथ प्रहरी टोली खटिगई दमकल,प्रहरी र स्थानियको सहयोगमा ०२:५० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको मानविय क्षेति नभएको,उक्त आगोलागीबाट निजको पसलमा रहेका सामानहरु पूर्ण रुपमा जलि नष्ट भएको ।
जिल्ला कास्की पोखरा म.न.पा.१ टुडीखेल बाटोमा हिडि राखेको अवस्थामा जिल्ला तनहुँ घर भई हाल पोखरा म.न.पा.८ सिमलचौर बस्ने वर्ष २० को साहिमन गिरीलाई शंका लागि प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजको खल्तिभित्र लुकाई छिपाई राखेको Tapentadol tablets-100 mg ८१ पिस चक्की, opotab 50mg-७७ पिस चक्की, जम्मा गरी १५८ पिस चक्की लागू औषध र नगद रु.१३,०००। सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।