प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"सामुदायिक सन्देश" बुलेटिन विमोचन

२०८०-०१-१२

  • A
  • A-
  • A+
Share

वैशाख-१२, पोखरा । 

कास्की जिल्लामा सक्रिय सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्रहरुको नियमनकारी संस्था सामुदायिक प्रहरी सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति, कास्कीले वर्षभरी जिल्लाका सम्पूर्ण सामुदायिक सेवा तथा प्रहरी सेवा केन्द्रले समाज रुपान्तरणका लागि गरेका सचेतनामूलक कार्यक्रमहरुको प्रभावकारीताको विषयमा स्पष्ट गराउने उद्देश्यका साथ “सामुदायिक सन्देश” बुलेटिनको २८ औं अंक प्रकाशन गरेको छ ।

समितिले प्रकाशन गरेको बुलेटिनको आज समितिकै सभाहलमा एक कार्यक्रमका बिच जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर के.सी.को प्रमुख आतिथ्यता, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङको विशेष आतिथ्यता र समितिका अध्यक्ष भिम पराजुलीको प्रमुख अध्यक्षतामा विमोचन गरिएको हो ।

विकृति र विसंगती रहित समाजको निर्माण हाम्रो अभियान” भन्ने मुल नाराका साथ नेपाल प्रहरीसँग हातेमालो गर्दै सामाजिक कार्यमा सलंग्न सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्रहरुले गत १ वर्षको अवधिभर गरेका सचेतनामूलक तथा सहयोगका कार्यक्रमहरुको विषयमा उक्त बुलेटिनमा समावेश गरिएको छ । पोखरा लगायत कास्की जिल्ला भरिनै सक्रिय रुपमा प्रहरीसँग हातेमालो गरी समाजमा शान्ति स्थापनार्थ खटिने समुदायिक सेवा तथा प्रहरी सेवा केन्द्रहरुका कार्यक्रमहरुलाई नागरिक सम्म पर्‍याउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने बुलेटिन चौमासिक रुपमा प्रकाशन गरीने समितिका अध्यक्ष भिम पराजुलीले बताउनुभयो । बिमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख के.सी. र विशेष अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख बुद्धिराज गुरुङले समाजमा शान्ति स्थापनार्थ खटिरहेका सामुदायिक सेवा तथा प्रहरी सेवाकेन्द्रहरुलाई सहयोग गर्न आफुहरु सधै तत्पर रहेको बताउनुभयो ।


सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।