प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अपराध अनुसन्धान कार्य सुधार गोष्ठी सम्पन्न ।

२०७९-१२-१८

  • A
  • A-
  • A+
Share

चैत्र-१८, पोखरा ।

प्रहरीले गर्ने अपराध अनुसन्धान लाई त्रुटी रहित बनाई अपराध अनुसन्धानमा देखिएका समस्या समाधानको उपायका विषयमा छलफल गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय, पोखराको संयुक्त आयोजनामा “अपराध अनुसन्धान कार्य सुधार गोष्ठी-२०७९” सम्पन्न भएको छ ।

उक्त गोष्ठी गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङको प्रमुख आतिथ्यता सञ्चालन गरीएको थियो । कार्यक्रम उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गुरुङले गोष्ठीमा गरीने अपराध अनुसन्धान सम्बन्धी अनुभव आदान प्रदानले अनुसन्धानकर्ताहरुमा थप सतर्कताका साथै दक्षताको बिकास गरी अनुसन्धानमा प्रभावकारीता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रहरी नायव महानिरीक्षक गुरुङले अपराध अनुसन्धान प्रभावकारी र पारदर्शी भएमा अपराध नियन्त्रणको उपाय समेत पत्ता लगाउन सकिने बताउदै सानो वा ठुलो जुनसुकै अपराध अनुसन्धान सिङगो प्रहरी सङगठनको छवि सगँ सम्बन्धित हुने भएकोले अनुसन्धानकर्ताले त्रुटि रहित अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय मातहत अपराध अनुसन्धान गर्ने सम्पूर्ण प्रहरी कार्यालयका अनुसन्धानकर्ताहरुको सहभागिता रहेको उक्त गोष्ठीमा अपराध अनुसन्धान प्रक्रिया अन्तर्गत पर्ने घटनाको प्रारम्भिक अनुसन्धान, हिरासत व्यवस्थापन, सबुद संकलन तथा परीक्षण, अनुसन्धानात्मक सोधपुछ, प्रतिवादी पहिचान-खोजी र पक्राउ, अनुसन्धान डायरी कार्यान्वयन, फैसला कार्यान्वयन, साक्षी परीक्षण, पक्राउ पुर्जी, म्याद तामेली, विशेष प्रकारका अपराधहरुको विश्लेषण, कार्ययोजना निर्माण र कार्यान्वयन, अपराध अनुसन्धान प्रतिवेदन तयारका क्रममा हुनसक्ने त्रुटिहरु र सुधारका विषयहरुमा छलफल गरीएको थियो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खडक बहादुर खत्रीले सञ्चालन गर्नुभएको उक्त गोष्ठीमा नेपाल प्रहरी प्रदेश कार्यालय,पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन प्रसाद कोईरालाले गण्डकी प्रदेशको समग्र अपराधको तथ्याङक र अपराध अनुसन्धानमा देखिएका त्रुटिहरुको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

गोष्ठीको अन्त्यमा सहभागी सबैले छलफलबाट प्राप्त निष्कर्ष अक्षरंश पालना गर्ने प्रतिवद्दता समेत व्यक्त गर्नुभएको थियो ।

 

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-२७

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी चेकिङ टोलिले सवारी साधन चेक जाँच गर्ने क्रममा मुग्लिनबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १ ख. ९२६९ नं.को बसमा एकै सिटमा सवार रहेको जिल्ला कास्की पोखरा म.न.पा.३१ बस्ने वर्ष ३० को आशिक जलारी र जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.३ बस्ने वर्ष २२ को प्रदिप बि.क.को आफु बसेको सिटमुनि प्लाष्टिकको झोलामा लुकाई छिपाई ल्याएको phenargan ६२ एम्पुल noophin ६२ एम्पुल Diazepam ६२ एम्पुल गरी जम्मा १८६ एम्पुल लागु औषध सहित दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको । 

सवारी दुर्घटना : तनहुँ
२०८२-०१-१७

जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ खैरेनिटार स्थित पृथ्विराजमार्गमा खैरेनिटारबाट भिमादचोक तर्फ आउँदै गरेको ग ८ प ८६८९ नं.को भिआर मोटरसाइकलले पैदलयात्री जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ बस्ने रेखा कुमालको छोरा बर्ष ७ को अमन कुमाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा घाईते भई उपचारको लागी जि.पि.कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा पठाइएको, घाईतेको अनुहार र दाँया खुट्टामा चोट लागेको, मोटरसाइकल र मोटरसाइकल चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.७ भिमादचोक बस्ने बर्ष ३१ को दिपक खड्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।