प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सडक दुर्घटना उद्धार सम्बन्धी नमूना अभ्यास सम्पन्न ।

२०७९-११-०५

  • A
  • A-
  • A+
Share

सडक दुर्घटनाबाट हुने क्षति न्युनिकरण तथा सडक दुर्घटनामा प्रहरी कार्य दर्शाउने उद्देश्यका साथ गण्डकी प्रदेश आन्तरिक मामीला मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय गण्डकी प्रदेश, गगनगौंडा कास्कीको आयोजनामा स्याङजा जिल्ला पुतलीबजार नगरपालिका-०४ मा   सडक दुर्घटना उद्धार नमूना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

ठुलो जनधनको क्षति सहित हुने गरेका सडक दुर्घटनामा प्रहरीद्वारा क्षति न्यूनिकरणका लागि गरिने उद्धारका कार्यहरुको अभ्यास गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त नमूना अभ्यासमा प्रहरीले ट्राफिक व्यबस्थापन र घटना अनुसन्धानमा निर्वाह गर्नुपर्ने भूमिका प्रदर्शन गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वुद्धिराज गुरुङले  विपद जुनसुकै समयमा पनि आईपर्न सक्ने भएकाले यसको सामना गरी उचित व्यवस्थापनको लागि आवश्यक श्रोत साधन सहित मानसिक र शारीरिक रुपमा तयार रहन सबैमा आग्रह गर्नुभयो ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।