प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

घरेलु हिंसाको उजूरी सुनुवाई तथा मेलमिलाप सिप विकास सम्बन्धी गोष्ठी सम्पन्न ।

२०७९-१०-१७

  • A
  • A-
  • A+
Share

समाजमा विद्यमान घरेलु हिंसा न्यूनिकरणका लागि घरेलु हिंसा (कसूर र सजाय) ऐन २०६६ र नियमावली २०६७ को कार्यान्वयनमा एकरुपता र थप प्रभावकारीता ल्याउने उद्देश्यका साथ गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा मातहतका जिल्ला तथा ईलाका प्रहरी कार्यालयहरुका महिला बालबालिका र जेष्ठ नागरीक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुसंग “घरेलु हिंसाको उजूरी सुनुवाई तथा मेलमिलाप सिप विकास” सम्वन्धी १ दिने गोष्ठी तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

उक्त गोष्ठी गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङको प्रमुख आतिथ्यता सञ्चालन गरीएको थियो । कार्यक्रम उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गुरुङले गोष्ठीले घरेलु हिंसाजन्य घटनाको मेलमिलाप गराउने प्रक्रिया सम्बन्धी अनुभव आदान प्रदान गरी कानुनी सम्बन्धी नविनतम आयामहरुको सिकाईबाट कार्य प्रभावकारीता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

घरेलु हिंसाको मेलमिलाप गर्ने प्रक्रियामा पिडितका सम्पूर्ण पिडाहरुलाई प्रहरीले सुनिदिनुपर्ने र पिडितलाई संरक्षण गरी परम्परागत मेलमिलाप सम्बन्धी तौरतरिकामा परिवर्तन गरी पक्षहरु बिचको विवाद समाधानको स्थायी विकल्पहरु पहिचान गरी परामर्श प्रदान गर्नुपर्ने बताउनुभयो । यसका साथै प्रहरी नायव महानिरीक्षक गुरुङले सत्यतथ्य छानबिन गरी पिडितलाई न्याय दिलाउन सके मात्र प्रहरीलाई अनुसन्धानको श्रेय मिल्ने र प्रहरी संगठन प्रति विश्वासको वातावरण सिर्जना हुने समेत बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले गोष्ठीमा सहभागीहरुलाई गण्डकी प्रदेशमा घरेलु हिंसाको अवस्था र यसको नियन्त्रणका लागि गरीरहेको प्रयासका बिषयमा जानकारी गराउनु भएको थियो । उद्‍घाटन कार्यक्रम पश्चात सहभागीहरुलाई समाजमा भईरहेका विविध घरेलु हिंसा, उजुरी लिदा प्रहरीले ध्यान दिनुपर्ने कुराहरु, अनुसन्धान, पिडितको संरक्षण, मेलमिलाप र संचार सिप तथा अभियोजनका विषयमा जानकारी गराईएको थियो ।

उक्त गोष्ठीमा गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यलयको महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र र ठाडो उजूरी तथा सुनुवाई शाखामा कार्यरत ४० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।