प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): बसको ढोकाबाट लडि घाईते

२०७९-०८-१९

  • A
  • A-
  • A+
Share

देवचुली न.पा.१७ फारमचोक स्थित पूर्व पश्चिम राजमार्गमा बा.प्र.०३-००१ ख ०७९९ नं को बसमा ऐ.ऐ.बस्ने वर्ष अं.६० कि साबित्री आचार्य उक्त बसमा चढ्ने क्रममा बसको ढोकाबाट खस्न जाँदा घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । बस प्रहरीको नियन्त्रणमा रहेको । चालक घाईतेको उपचारमा संलग्न रहेको । 

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा : कास्की
२०८१-१२-०७

जिल्ला कास्की पोखरा-१७ वरकोबोट स्थित बुटवलबाट पोखरा तर्फ आउदै गरेको ग १ ज ८८०९ नं. EV भ्यानमा सवार यात्रुले लागुऔषध ल्याउदै गरेको भनि गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय पोखराबाट  खटिएको प्रहरी टोली र जिप्रका कास्की बाट खटिएको प्रहरीले उक्त भ्यानलाई रोकी चेक जाँच गर्ने क्रममा भ्यानमा सवार जिल्ला म्याग्दी घर भई हाल पोखरा ११ रानीपौवा बस्ने वर्ष २६ की एलिना पुनले बोकेको कालो ब्यागमा बुर्फिन १४४ एम्पुल, फेनरागन १४२ एम्पुल, डाईजापाम १४३ एम्पुल गरि जम्मा ४२९ एम्पुल लागुऔषध सहित निज संग साथमा रहेका जिल्ला कास्की माछापुच्छ्रे गा.पा.३ घाचोक बस्ने वर्ष ४१ को सन्तोष गुरुङ र जिल्ला कास्की अन्नपूर्ण गा.पा. घर भई हाल पोखरा २ मिरुवा बस्ने वर्ष ३१ को सुजन गुरुङ लाई समेत नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि जि.प्र.का. कास्की पठाएको । 

सवारी दुर्घटना : कास्की
२०८१-११-२८

जिल्ला कास्की पोखरा म.न.पा.३२ भत्केको चौकी स्थित पृथ्वीराजमार्गमा ज्वालामुखी गा.पा. ५ धादिङबाट पश्चिम क्षेत्रिय अस्पताल कास्कीमा बिरामी ल्याउदै गरेको स्मृती समाज निलकण्ठ १२ धादिङको बा २१ च ९८५९ नं. को एम्बुलेन्स सडक चिप्लो भएको कारण चालकले नियन्त्रण गुमाई सडकको नालीमा दुर्घटना हुदा, एम्बुलेन्समा चालक सहित ४ जना सवार मध्य १ जना जि.धादिङ शिद्धलेक गा.पा.२ झगरे बस्ने वर्ष २२ की मेनुका नेपाली, बायाँ गाला र नाकमा चोट, अवस्था सामान्य, अन्य सवार शकुसल रहेको, एम्बुलेन्समा ल्याएको बिरामी ऐ. बस्ने वर्ष ५५ की डल्ली नेपाली र घाइतेलाई ट्याक्सीमा राखि पश्चिम क्षेत्रिय अस्पताल गण्डकी पठाएको, एम्बुलेन्स चालक वर्ष ३६ को अमृत कुमार श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेको।