प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सरसफाई कार्यक्रम सम्पन्न ।

२०७९-०६-१४

  • A
  • A-
  • A+
Share

“६७ औ प्रहरी दिवस”को अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यलय, पोखरा र मातहतका सबै प्रहरी कार्यलयहरु द्वारा बृहत सरफाई कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा आ-आफ्नो जिल्ला तथा ईलाकामा भएका मठ-मन्दिर, सार्वजनिक स्थल र पार्कहरु सरसफाई गरीएको छ । यसै कार्यक्रम अन्तर्गत पोखरामा भएका प्रहरी कार्यलयहरु मध्य गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र नेपाल प्रहरी प्रदेश कार्यालय, पोखराको प्रहरी टोलिले सहिद पार्क, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराले विन्दवासीनि मन्दिर, जिल्ला प्रहरी कार्यलय पोखराले भद्रकाली मन्दिर र गण्डकी प्रदेश प्रहरी गणले केदारेश्वर मन्दिर परिसर सरसफाई गरिएको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।