प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ।

२०७९-०६-१२

  • A
  • A-
  • A+
Share

पोखरा, असोज १२ गते ।
“६७ औं प्रहरी दिवस २०७९”को अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश प्रहरी गण, पोखरामा गरिएको उक्त रक्तदान कार्यक्रममा ६३ जना प्रहरी कर्मचारी तथा सर्वसाधारणहरुले रक्तदान गर्नुभएको थियो । उक्त रक्तदान कार्यक्रम क्षेत्रीय रक्त संचार केन्द्र पोखरा र गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रममका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यलय पोखराका प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।