प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी चौकी ठुलीपोखरीको भवन उद्‍घाटन सम्पन्न ।

२०७९-०५-२८

  • A
  • A-
  • A+
Share

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले पर्वत जिल्ला स्थित निर्माण सम्पन्न भएको प्रहरी चौकी ठुलिपोखरीको नव-निर्मित भवनको उद्घाटन गर्नुभएको छ ।
गण्डकी प्रदेश सरकारको नियमित बजेट बाट पर्वतको कुश्मा नगरपालिका-१२, ठुलिपोखरीमा निर्माण सम्पन्न उक्त प्रहरी चौकीमा प्रहरी कार्यालय भवन, मेष, ब्यारेक लगायतका भवनहरु निर्माण गरिएको हो । उद्घाटन पश्चात प्रहरी नायव महानिरीक्षक जोशीले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो ।
कार्यक्रम पश्चात प्रहरी नायवमहानिरीक्षक जोशी लगायत अन्य उपस्थित अतिथिहरुले नवनिर्मित भवन परिसरमा विभिन्न प्रजातिका वृक्षारोपण समेत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यलयका प्रमुख प्रहरी उपरीक्षक गोबिन्द अधिकारी, पर्वत जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, कुश्मा नगरपालिकाका उप- मेयर स्वस्थानी रिजाल, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपाने, पर्वत जिल्ला स्थित रहेका बिभिन्न सुरक्षा निकायका प्रमुखहरु, स्थानिय जनप्रतिनिधि लगायत आम नागरिकहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
सवारी दुर्घटना : जिल्ला न.प.(पूर्व)
२०८२-०८-०१

जिल्ला न.प.(पूर्ब) गैडाकोट न.पा. ८ बिजय चोक स्थित पूर्ब पश्चिम राजमार्गमा कावासोतीबाट गैडाकोट तर्फ आउँदै गरेको लु १ ख ८१२५ नं. को ट्रक र बिपरीत दिशाबाट बाट जाँदै गरेको लु १ ब १३७३ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक जिल्ला डोटी पुर्बी चौकी १ माथिल्लो प्लोट बस्ने बर्ष २५ को रक्की भुल घाईते भई उपचारको लागि स्थानिय गैडाकोट आधारभुत स्वास्थ्य चौकी लगेको दाँया नलि खुट्टा फ्याक्चर, दायाँ हातमा भित्री चोट लागेको, उक्त स्थानमा ट्राफिक सहित प्रहरी टोली खटिगई मोटरसाइकल, ट्रक र ट्रक चालक जिल्ला खोटाङ बराहा पोखरी न.पा. ६ मौवाबिटे बस्ने बर्ष ३५ को बिजय राईलाई नियन्त्रणमा लिईएको ।