प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्वास्थ्य शिविर उद्‍घाटन

२०७९-०४-२१

  • A
  • A-
  • A+
Share

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले नेपाल प्रहरी र नागरिकको संयुक्त सहभागितामा स्थापना भएको सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानी पोखराले बिभिन्न सरोकारवाला निकायहरुसंग सहकार्य गर्दै समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पोखरा-१३ स्थित तारापुञ्ज आवासिय विद्यालयमा आयोजना गरेको स्वास्थ्य शिविरको उद्घाटन गर्नु भएको छ ।

अस्पताल तथा औषधीको असहज पहुँचलाई मध्यनजर गर्दै सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीले कास्की मोडेल हस्पिटल, गण्डकी प्रदेश स्वास्थ्य आपुर्ती महाशाखा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसंगको सहकार्यमा उक्त नि-शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक जोशीले नेपाल प्रहरी नागरिक संगको सहकार्यका  सधै तयार रहेको बताउदै गण्डकी प्रदेशलाई लागुऔषध तथा अन्य विकृति मुक्त प्रदेश बनाउन सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्रहरुले  प्रहरीलाई सहयोग गर्ने अपेक्षा समेत व्यक्त गर्नु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमूख प्रहरी उपरीक्षक अजय के.सी, पोखरा महानगरपालिका-१३ का वडाअध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।