प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी पूर्व: सवारी दुर्घट्ना

२०७९-०४-०५

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी (पूर्व) कावासोती नगरपालिका २ खरकट्टा जङ्गल स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व (डण्डाबाट नारायणगढ ) जाँदै गरेको ना ७ ख५५६३ नं.को बस आँफै अनियन्त्रित भई सडकको बाँया साईडमा पल्टिन गई दुर्घट्ना हुँदा उक्त बसमा सवार अन्दाजी ४० जना रहेकोमा निम्न मानिसहरु घाईते भई मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको, चालक फरार, सह-चालक प्रहरीको नियन्त्रणमा रहेको, बाटो अबरोध नभएको, घटनास्थलमा प्रहरी टोली खटि गएको ।

निम्न घाईतेहरु

१. जिल्ला चितवन बस्ने वर्ष ४१ की मन्दरा ढुङगाना, अवस्था मध्यम ।

२. ऐ.बस्ने वर्ष २२ ज्योति ढुङगाना, अवस्था सामान्य ।

३. ऐ.भरतपुर म.न.पा.२० बस्नेवबर्ष २० की सबिता कुमाल, अवस्था मध्यम ।

४. जि.न.प.(पूर्व) देवचुलि न.पा. ५ बस्ने वर्ष अं ३१ की झरना पराजुली, अवस्था मध्यम ।

५. ऐ.१७ बस्ने वर्ष ८० की प्रेम कुमारी पाण्डे, अवस्था मध्यम(दुम्कौली अस्पताल रजहरमा)उपचार भईरहेको ।

६. ऐ.बस्ने वर्ष ४ को सोयोग भट्टराई, अवस्था सामान्य ।

७. ऐ.गैडाकोट न.पा.१ बस्ने वर्ष २२ की अस्मिता रानाभाट, अवस्था मध्यम ।

८. ऐ.बस्ने वर्ष ३ की कभ्या भण्डारी (अस्मिता रानाभाटको छोरी), अवस्था मध्यम ।

९. ऐ.कावासोती १६ बस्ने वर्ष ४० की मिरा के.सी छात्तीमा चोट अवस्था मध्यम ।

१०.ऐ.८ बस्ने वर्ष ८२ को नारायणदत्त पौडेल, अवस्था मध्यम ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।