प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७९-०४-०२

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका १७ विरौटा स्थितमा CRV विरौटाबाट खटिएको प्रहरी टोलीले ग १० प २२२४ नं.को स्कुटरलाई चेक जाँच गर्दा स्कुटरको डिकीमा लुकाई छिपाई राखेको अन्दाजी ६०० ग्राम लागूऔषध गाँजा सहित स्कुटर र निम्न मानिसलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

निम्न:-

१. स्कुटर चालक जिल्ला स्याङजा पुलतीबजार नगरपालिका ४ बस्ने बर्ष २० को सन्दिप थापा ।

२. पछाडी सवार ऐ.बस्ने बर्ष २० को किसल सुनार ।

सम्बन्धित समाचार
सवारी दुर्घटना : तनहुँ
२०८२-०१-१७

जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ खैरेनिटार स्थित पृथ्विराजमार्गमा खैरेनिटारबाट भिमादचोक तर्फ आउँदै गरेको ग ८ प ८६८९ नं.को भिआर मोटरसाइकलले पैदलयात्री जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ बस्ने रेखा कुमालको छोरा बर्ष ७ को अमन कुमाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा घाईते भई उपचारको लागी जि.पि.कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा पठाइएको, घाईतेको अनुहार र दाँया खुट्टामा चोट लागेको, मोटरसाइकल र मोटरसाइकल चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.७ भिमादचोक बस्ने बर्ष ३१ को दिपक खड्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।