प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०२-२०

  • A
  • A-
  • A+
Share

म्याग्दी, बेनी नगरपालिका २ आन्नद बगर स्थित बेनीबाट पोखरातर्फ जाँदै गरेको ग१ज ७३९३ नं.को जिप र बागलुङबाट बेनीतर्फ आउँदै गरेको ध२प २९७६ नं.मो.सा.एक-आपसमा ठोक्किँदा मो.सा.चालक जिल्ला म्याग्दी बेनी नगरपालिका ६ अर्थुङ्गे बस्ने वर्ष ४१ को प्रकाश शर्मा र मो.सा.पछाडी सवार निजकै श्रीमती वर्ष ३६ की गंगा शर्मा घाईते भई, अवस्था मध्यम, दुवै घाईतेको बेनी अस्पताल म्याग्दीमा उपचार भईरेहेको, दुवै सवारी साधन र जिप चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।