प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषत सहित मानिस नियन्त्रणमा

२०७९-०२-१७

  • A
  • A-
  • A+
Share

तनहुँ, आँबुखैरेनी गाउँपालिका -४ बेनिटार स्थित पृथ्वि राजमार्गमा खटिएको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा काठमाण्डौबाट पोखरा तर्फ आउँदै गरेको ग १ ख ६०१९ नं.को बसमा सवार जिल्ला स्याङ्जा वालिङ नगरपालिका -१ बस्ने वर्ष २४ को बिशाल सुनार र ऐ.९ बस्ने वर्ष २४ को आकाश तामाङले बोकेको झोला शंका लागि चेकजाँच गर्ने क्रममा निजहरुले बोकेको जेब्रा झोलामा ७ किलो ५०० ग्राम लागूऔषध गाँजा बरामद गरी लागूऔषध गाँजा सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
सवारी दुर्घटना : तनहुँ
२०८२-०१-१७

जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ खैरेनिटार स्थित पृथ्विराजमार्गमा खैरेनिटारबाट भिमादचोक तर्फ आउँदै गरेको ग ८ प ८६८९ नं.को भिआर मोटरसाइकलले पैदलयात्री जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ बस्ने रेखा कुमालको छोरा बर्ष ७ को अमन कुमाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा घाईते भई उपचारको लागी जि.पि.कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा पठाइएको, घाईतेको अनुहार र दाँया खुट्टामा चोट लागेको, मोटरसाइकल र मोटरसाइकल चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.७ भिमादचोक बस्ने बर्ष ३१ को दिपक खड्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।