प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०२-१५

  • A
  • A-
  • A+
Share

स्याङ्जा, वालिङ नगरपालिका-१० डुम्रीकोट स्थित सिद्वार्थ राजमार्गमा डुम्रीकोटबाट वालिङमोड तर्फ जादै गरेको ग ७ प १५९९ नं.को मोटरसाईकललाई ऐ. दिशाबाट जादैँ गरेको नखुलेको रातो कालो कलरको १५० सि.सि.को पल्सर मोटरसाईकलले ठक्कर दिदा ग ७ प १५९९ नं.को मोटरसाईकल चालक जिल्ला बारा घर भई हाल बालिङ नगरपालिका-१० मा मिस्त्री काम गर्ने वर्ष २० को राजु मुखिया घाईते भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचार पश्चात गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको, अवस्था मध्यमठक्कर दिने मोटरसाईकल चालक फरार खोजतलास कार्य भईरहेको मोटरसाईकल प्रहरीको नियनत्रणमा रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।