प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: झुण्डि मृत्यु

२०७९-०१-१२

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ भिमाद नगरपालिका ६ जलौदी सिम्बोट स्थितमा ऐ.बस्ने राजकुमार मल्लको श्रीमती बर्ष ३६ की ज्योति मल्ल आफ्नै घरको काठको बलोमा घाँटिमा नाईलनको डोरीको पासो लगाएको र उक्त पासो काटी भुईमा लडेको अवस्थामा शव रहेको र मृतकको हातमा चक्कु समेत रहेको अवस्थामा निजकै छोरी बर्ष १३ की रोजी मल्लले देखेको भनि खबर प्राप्त हुनसाथ प्रहरी टोली खटी गई बुझ्दा बेलुका मृतक सङ्गै जिल्ला तनहुँ म्याग्दे गाउँपालिका ५ छाङपाटन बस्ने बर्ष ३४ को दुर्गा क्षेत्री समेत संगै रहेको र हाल दुर्गा क्षेत्री फरार रहेको खोज तलास कार्य भईरहेको, मृतको श्रीमान बैदेशिक रोजगारको लागि मलेशिया रहेको, थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।