प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: सवारी दुर्घटना

२०७९-०१-०८

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा वालिङ नगरपालिका १० भुङ्गाने स्थित सिद्धार्थ राजमार्गमा वालिङबाट गल्याङ तर्फ जाँदै गरेको लु २ त ८८२० नं.को ट्याक्टर आफै अनियन्त्रित भई सडक देखि अन्दाजी १० मिटर तल खस्न गई दुर्घटना हुँदा ट्याक्टरमा सवार जिल्ला स्याङ्जा वालिङ नगरपालिका ७ मिर्दि बस्ने वर्ष १८ को सुनिल परियार घाईते भई उपचारको लगि प्रथामिक स्वाथ्य केन्द्र वालिङ ल्याईएकोमा सामन्य उपचार पश्चात थप उपचारको लागी पोखरा रिफर गरेको, अबस्था मध्यम, चालक प्रहरीको नियन्त्रणमा र ट्याक्टर घट्ना स्थलमा रहेको ।


सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।