प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: सवारी दुर्घटना

२०७९-०१-०६

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका ५ स्थित पृथ्बिराजमार्गमा डुम्रेबाट आबुँखैरेनि तर्फ जादै गरेको बा ४ ख ५०५५ नं.को माईक्रो र बिपरित दिशाबाट आउदै गरेको ध२ प ९१ नं.को मो.सा. एकआपसमा ठक्कर खादा निम्न मानिसहरु घाईते भई उपचारको लागि निम्न अस्पताल लगेको, मो.सा., माईक्रो, माईक्रो चालक प्रहरीको नियन्त्रणमा रहेको । 

निम्न:-

१. मो.सा. चालक- जिल्ला बागलुङ जैमिनि नगरपालिका ९ बस्ने वर्ष २१ को अजय बहादुर थापा, अवस्था मध्यम, (पोखरा ग्यालेक्सी अस्पतालमा उपचार भईरहेको)

२. पछाडि सवार- ऐ. बस्ने वर्ष २२ की निर्मला नेपाली, अवस्था सामान्य (लक्ष्मी अस्पताल डुम्रेमा उपचार पश्चात डिस्चार्ज)

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।