प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: सवारी दुर्घटना

२०७८-१२-२८

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा पुतलिबजार नगरपालिका ११ मायाँटारी स्थित सिद्धार्थ राजमार्गमा पोखराबाट चापाकोटतर्फ जाँदै गरेको ग १ ज ७३४१ नं. जिप अनियन्त्रित भई सडकको कुनामा ठोक्किन जाँदा जिपमा सवार ८ जना मध्ये ३ जना घाईते भई उपचारको लागि प्राथामिक स्वास्थ केन्द्र वालिङमा ल्याईएको, जिप र चालक प्रहरीको नियन्त्रणमा रहेको ।

निम्न घाईतेहरु:-

१.जिल्ला स्याङजा चापाकोट न.पा.८ रत्नपुर बस्ने वर्ष ५५ का बिक्रम श्रेष्ठ, अवस्था मध्यम थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाईएको ।

२.ऐ.बस्ने निजकै श्रीमती वर्ष ६० की हस्त कुमारी श्रेष्ठ प्रा.स्व.के वालिङमा उपचार हुँदै अवस्था मध्यम ।

३.ऐ.९ सुन्तलिटार बस्ने वर्ष ४८ की सुनमाँया कुमाल प्रा.स्व.के वालिङमा उपचार हुँदै अवस्था मध्यम ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।