प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: जंगली च्याउ खाई मृत्यु

२०७८-१२-२७

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ म्याग्दे गाउँपालिका ३ धयेरे बस्ने वर्ष ४७ की सुनीमाया थापाले जंगलमा च्याउ खोज्न गई च्याउ घरमा ल्याई सांझ खानासंग तरकारीको रुपमा खाँदा उक्त च्याउले असर गरी बिरामी भई मिति २०७८।१२।२० गते उपचारको लागि थापा मेडिकल दमौली ल्याएकोमा मिति २०७८।१२।२३ गते थप उपचारको लागि नयाँ मेडिकल कलेज चितवन भरतपुर लगेकोमा निजको मिति २०७८।१२।२७ उपचारको क्रममा मृत्यु भएको भनी उक्त अस्पतालमा खटिएको प्रहरी कर्मचारी मार्फत जानकारी प्राप्त हुनासाथ थप प्रहरी टोली खटि गएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।