प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: लागूऔषध सहित मानिस नियन्त्रणमा

२०७८-१२-१६

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका-१० रामबजार स्थितमा अबैध रुपमा लागु औषध ओसार-पोसार गर्दै गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले जिल्ला स्याङ्जा बिरुवा गाउँपालिका स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका १० रामबजार बस्ने वर्ष २७ को कुमार गुरुङलाई रामबजारको उत्तमचोक भित्रको मार्गमा हिड्दै आऊदै गरेको शंकास्पद अवस्थामा भेटि निजले बोकेको पहेलो फाईबरको झोला भित्र लुकाई छिपाई राखेको फेनारागन -११ ऐम्पुल,बुफ्रिन-९ ऐम्पुल र डाईजेपाम-९ ऐम्पुल गरि जम्मा २९ ऐम्पुल लागुऔषध र KIVI KB77 कम्पनीको कि प्याडवाला मोबाईल थान -१,नगद रु १०,०००।–सहित फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
सवारी दुर्घटना : तनहुँ
२०८२-०१-१७

जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ खैरेनिटार स्थित पृथ्विराजमार्गमा खैरेनिटारबाट भिमादचोक तर्फ आउँदै गरेको ग ८ प ८६८९ नं.को भिआर मोटरसाइकलले पैदलयात्री जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ बस्ने रेखा कुमालको छोरा बर्ष ७ को अमन कुमाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा घाईते भई उपचारको लागी जि.पि.कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा पठाइएको, घाईतेको अनुहार र दाँया खुट्टामा चोट लागेको, मोटरसाइकल र मोटरसाइकल चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.७ भिमादचोक बस्ने बर्ष ३१ को दिपक खड्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।