प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: सवारी दुर्घटना

२०७८-१२-०७

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा गल्याङ नगरपालिका-१ नब्बे स्थित सिद्धार्थ राजमार्गमा वालिङबाट बुटवल तर्फ जादै गरेको ग १५ प ७४४७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको लु २ ख ५२९० नम्बरको फोर्स गाडी एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला रुपन्देही सुद्धोधन गाँउपालिका-५ फर्साटिकट घर भई जिल्ला स्याङजा गल्याङ नगरपालिका-३ गल्याङ बजारमा कुशल मोटरसाईकल वर्कसपमा काम गर्ने वर्ष २७ को जितेन्द्र पटेल घाईते भई उपचारको लागि नगर अस्पताल गल्याङ स्याङजामा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको, घटनास्स्थलमा प्रहरी टोली खटि गई सवारी र सवारी चालक नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । 


सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-२७

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी चेकिङ टोलिले सवारी साधन चेक जाँच गर्ने क्रममा मुग्लिनबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १ ख. ९२६९ नं.को बसमा एकै सिटमा सवार रहेको जिल्ला कास्की पोखरा म.न.पा.३१ बस्ने वर्ष ३० को आशिक जलारी र जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.३ बस्ने वर्ष २२ को प्रदिप बि.क.को आफु बसेको सिटमुनि प्लाष्टिकको झोलामा लुकाई छिपाई ल्याएको phenargan ६२ एम्पुल noophin ६२ एम्पुल Diazepam ६२ एम्पुल गरी जम्मा १८६ एम्पुल लागु औषध सहित दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको । 

सवारी दुर्घटना : तनहुँ
२०८२-०१-१७

जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ खैरेनिटार स्थित पृथ्विराजमार्गमा खैरेनिटारबाट भिमादचोक तर्फ आउँदै गरेको ग ८ प ८६८९ नं.को भिआर मोटरसाइकलले पैदलयात्री जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ बस्ने रेखा कुमालको छोरा बर्ष ७ को अमन कुमाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा घाईते भई उपचारको लागी जि.पि.कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा पठाइएको, घाईतेको अनुहार र दाँया खुट्टामा चोट लागेको, मोटरसाइकल र मोटरसाइकल चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.७ भिमादचोक बस्ने बर्ष ३१ को दिपक खड्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।