प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व) : बस र ट्रक एकआपसमा ठक्कर खाँदा ८ जना घाईते

२०७८-१२-०२

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी (पूर्व) मध्यविन्दु न.पा.१५ गडारखोला स्थित पूर्व पश्चिम राजमार्गमा ना. ख ३१०४ नं को बस र ना.६ ख ४३४६ नं. को ट्रक एक आपसमा ठक्कर खाँदा निम्न मानिसहरु घाईते भई निम्न अस्पतालमा उपचार भईरहेको । ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको ।

निम्नः

१.(बस चालक) जिल्ला सप्तरी राजविराज बस्ने बर्ष अं ४५ को सत्य नारायण यादव, अवस्था गम्भीर रहेको ।  पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको ।

मध्यविन्दु जिल्ला अस्पताल डण्डा नवलपरासी (पूर्व) मा उपचारार्थ घाईतेहरुः

१.जि.रुपन्देहि बस्ने वर्ष अं. ४१ कि सिता आले, अवस्था सामान्य ।

२.जि.काभ्रे बनेपा ११ वस्ने वर्ष अं. ७० को राम बहादुर तामाङ, अवस्था सामान्य ।

३. जि.सर्लाही श्रिनगर बस्ने वर्ष अं. २२ कि लक्ष्मी चौधरी, अवस्था सामान्य ।

४. ऐ.ऐ. बस्ने वर्ष २ कि प्रभा चौधरी, अवस्था सामान्य ।

५. ऐ.ऐ. बस्ने वर्ष अं. २३ को बिक्रम चौधरी, अवस्था सामान्य ।

६. जि.धनुषा बस्ने वर्ष अं.४८ को कमल राई (सहचालक), अवस्था सामन्य ।

७ ऐ.ऐ. ढल्केवर बस्ने वर्ष अं. १६ को धर्मेन्द्र दास, अवस्था सामान्य ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।