प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: लागूऔषध सहित मानिस नियन्त्रणमा

२०७८-११-२९

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका २९ भण्डारढिक स्थितमा जिल्ला स्याङ्जा बिरुवा गाउँपालिका ८ घर भई ऐ. २९ भण्डारढिक बस्ने वर्ष २८ को मेख बहादुर गुरुङले डेरा कोठामा लागूऔषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचना प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटि गई निजको कोठा खानतलासी गर्ने क्रममा लुकाई राखेको फेनेरागन ९१, डाईजापाम ७९, नुर्फिन ६६ एम्पुल गरी जम्मा २३६ एम्पुल लागूऔषध बारामद गरी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
जिल्ला कास्की : सवारी दुर्घटना
२०८१-११-०८

जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.६ हल्लनचोकमा ग१०प ५८५५ नम्बरको  स्कुटर र विपरित दिशाबाट आउदै गरेको ग१७प ५८३४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा दुबै सवारी साधनको चालकहरु घाइते भई उपचारको लागि  अस्पताल पठाएको, दुबै सवारी साधन वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा रहेको ।                                               निम्न घाईतेहरु १.मोटरसाईकल चालकः-जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.८ आलुमाईलाचोक बस्ने वर्ष ३० को चित्र बहादुर बस्याल, मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको अवस्था मध्यम । २.स्कुटर चालकः-जिल्ला लमजुङ घर भई हाल पोखरा महानगरपालिका वडा नं.९ न्युरोड बस्ने वर्ष २१ को शुसान्त बि.क., पश्चिम क्षेत्रिया अस्पताल पोखरामा उपचार भइरहेको, अवस्था मध्यम ।