प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७८-११-२८

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका १५ सिताराम हाउजिङमा अबैध रुपमा लागुऔषध ओसार प्रसार गर्दै गरेको भन्ने गोप्य सूचनाको आधारमा ऐ. बस्ने वर्ष ४४ को जितेन्द्र गुरुङ फेनारागन २३, डाईजेपाम २३, नुफ्रिन २३ एम्पुल गरी जम्मा ६९ एम्पुल लागुऔषध र Iphone 13 मोबाईल १ थान, KXD कम्पनीको किप्याड मोबाईल १ थान, नगद रू.४,२००।- सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
सवारी दुर्घटना : तनहुँ
२०८२-०१-१७

जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ खैरेनिटार स्थित पृथ्विराजमार्गमा खैरेनिटारबाट भिमादचोक तर्फ आउँदै गरेको ग ८ प ८६८९ नं.को भिआर मोटरसाइकलले पैदलयात्री जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ बस्ने रेखा कुमालको छोरा बर्ष ७ को अमन कुमाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा घाईते भई उपचारको लागी जि.पि.कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा पठाइएको, घाईतेको अनुहार र दाँया खुट्टामा चोट लागेको, मोटरसाइकल र मोटरसाइकल चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.७ भिमादचोक बस्ने बर्ष ३१ को दिपक खड्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।