प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: सवारी दुर्घटना

२०७८-१०-२९

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ आँबुखैरेनी गाउँपालिका ०४ ऐना पहरा स्थित पृथ्वीराजमार्ग सडक-खण्डमा आँबुखैरेनीबाट मुग्लिनतर्फ जाँदै गरेको बा१२च २८३ नं.को स्कारपियो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल मर्स्याङ्दी नदिको किनारमा खस्दा स्कार्पियो चालक जिल्ला बर्दिया ठाकुरबाबा न.पा.६ बस्ने वर्ष ३१ को रोशन खनाल घाईते भई उपचारको लागि हाडजोर्नी अस्पताल आँबुखैरेनीमा पठाईएको, अवस्था माध्यम उक्त स्थानमा प्रहरी टोली खटि गएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।