प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: सवारी दुर्घटना

२०७८-१०-२५

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका २५ हेम्जा भोटेक्याम्प स्थित पोखरा-बाग्लुङ सडक खण्डमा ग६प ८८०२ नं.को मो.सा. र ग१ज ५०५६ नं.को बलेरो जिप दुर्घटना भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिगएको साथै मो.सा.मा सवार निम्न व्यक्तिहरु घाइते भई उपचारको लागि निम्न अस्पताल पठाएको बलेरो जिप, जिप चालक र मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।

निम्न;-

१. मो.सा.चालक जिल्ला कास्की अन्नपुर्ण गा.पा.१० धान्द्रुक घर भई हाल पोखरा म.ना.पा.५ प्रस्याङ धारापानी मार्ग बस्ने वर्ष २६ को दिपक नेपाली, अवस्था सिरियास (मणिपाल अस्पताल) उपचारको क्रममा मृत्यु ।

२.पछाडी सवार जिल्ला गुल्मी घर भई हाल पोखरा म.न.पा.१ बगर बस्ने वर्ष २२ को सुनिल नेपाली, अवस्था सिरियास (फिस्टेल अस्पताल) उपाचारमा हुँदै ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।